ad ad

राजनीति


फेरि कोशीमा संविधान मिचियो, अर्को गल्ती भयो : विपिन अधिकारी

फेरि कोशीमा संविधान मिचियो, अर्को गल्ती भयो : विपिन अधिकारी

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार १८:५०, काठमाडौँ

कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतको बैधानिकतामाथि प्रश्न उठ्नसक्ने कानुनविदले बताएका छन्। 

मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत अर्थात ४७ मत पाउँदा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीकोसमेत पक्षमा मत दिएका छन्। 

सोमबारका लागि आफैंले डाकेको प्रदेश सभाको बैठक छल्न उपसभामुख सिर्जना दनुवार अहिले काठमाडौंमै छिन्।

उनी मुटुमा समस्या भएर बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएको बताइएको छ। उनले आफू अनुपस्थित हुने भएपछि कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न पत्र दिएकी थिइन्। 

बैठक नै नराखी उपसभामुख काठमाडौं हिँडेपछि कोशी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर अध्यक्षमण्डलका सदस्यले अध्यक्षता गर्ने निर्णय भएको थियो।

त्यसपछि इस्राइल मन्सुरीले प्रदेश सभाको अध्यक्षता गर्दै बैठक सञ्चालन गरेका थिए। 

संसदमा रहेका सबै दलका एक एक जना दलका नेता र प्रमुख सचेतक बोलेपछि विश्वासको मत विभाजन गरिएको थियो। 

त्यसबेला अध्यक्षता गरिरहेका मन्सुरीलेसमेत मत दिएपछि प्रदेश सभामा रहेका ९३ सांसदमध्ये उद्धव थापाले ४७ मत ल्याएर संसदमा विश्वास पाएका छन्।

तर, मन्सुरीको यो कदम नै अवैधानिक रहेको कानुनविद् विपिन अधिकारीले बताए।

नेपालखबरसँग कुरा गर्दै उनले उपसभामुख दनुवार र अध्यक्षता गर्ने व्यक्तिले संविधान र कानुन मिचेको बताए।

‘यसले अस्थिरता मात्र निम्त्याउँदैन, अराजकता पनि भित्र्यायो,’ अधिकारीले भने, ‘राज्य सञ्चालकले नै कानुन मिच्ने काम गरे।’

‘स्थिरता कायम गर्नुपर्ने सरकारले एक भोटका लागि गरेको यो हदले स्थिरता झन् पर पुग्यो।’

उपसभामुख आफैंले मूख्यमन्त्री थापालाई विश्वासको मत लिने समय तोकेर काठमाडौं आउनु गलत भएको अधिकारीको भनाइ छ।

‘उपसभामुखले इस्युलाई फेस गर्नुपर्थ्यो, तर भागेर काठमाडौं पुग्नुभयो, यसरी भागेर सधैँ काम कसरी चल्ला?’ अधिकारीले प्रश्न गरे।

उनले यसबारे अदालतमा मुद्दा परे पनि तत्काल निकास निस्किनेमा आशंका व्यक्त गरे।

कोशी प्रदेशमा सबै दलहरुले आफ्ना आफ्ना डम्फु बजाउन खोज्दा यो विकराल समस्यामा फसेको कानुनविद् अधिकारीको विश्लेषण छ।

‘संविधानअनुसार चल्नुपर्ने सांसदहरुमाथि केन्द्रका दलको निर्देशनबाट चल्दा यो समस्या देखिएको हो,’ अधिकारीले थपे, ‘अहिलेको कदम अवैधानिक हो। यसबारे अदालतले केही निर्णय गर्ला।’

कोशीका सांसदहरुले जिम्मेवारी बिर्सिएको उनले बताएका छन्। 

‘भोट दिन मन थियो भने प्रदेश सभाको अध्यक्षता गर्न किन जानुभएको? यो त संविधान अनुसार  चल्ने देखिएन, उहाँको गल्ती त कार्यकर्ता लेभलको हो,’ उनले थपे, ‘यसमा संघीय गठबन्धन जिम्मेवार बन्नुपर्छ।’

के छ संवैधानिक व्यवस्था?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .