ad ad

राजनीति


मध्यरातको सहमति : सीआईबीले अनुसन्धान सकेपछि उच्चस्तरीय समिति

मध्यरातको सहमति : सीआईबीले अनुसन्धान सकेपछि उच्चस्तरीय समिति

नेपालखबर
भदौ ५, २०८० मंगलबार ९:११, काठमाडौँ

सोमबार मध्यरातसम्म बसेको राष्ट्रिय मान्यता प्राप्त दलको बैठकले हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सैद्धान्तिक समझदारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार राति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताको बैठकले सो सहमति गरेको हो। 

बैठकमा सुन तस्करी प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धान सकेर प्रतिवेदन बनाउन सहयोग गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले नेपालखबरलाइ जानकारी दिए।

उनका अनुसार सीआईबीको प्रतिवेदन बुझेपछि मात्र उच्चस्तरीय छानबिन समिति गठन गरेर थप अनुसन्धान गर्ने सहमति भएको हो। 

‘उच्चस्रीय जाँचबुझ आयोग बनाउनेमा सहमति जुटेको छ’, ती नेताले नेपालखबरसँग भने, ‘कानुनबमोजिम अहिले अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धान निष्कर्षमा पुर्‍याउँछ, उसको अनुसन्धानमा सहयोग गर्ने।’

‘तर आयोगको टीओआर अहिलेदेखि बनाउने। सीआईबीको रिपोर्ट पेस भएपछि आयोग बनिहाल्छ।’

त्यसका लागि नेताहरू सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ। 

कार्यदलले आयोगको मस्यौदा (ड्राफ्ट) मंगलबार तयार पारेर शीर्ष नेतालाई बुझाउने छ।

मध्यराति जुटेको नयाँ सहमतिसँगै ६० किलो सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले एक महिनादेखि संसद्‌मा गरिरहेको अवरोध हट्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .