ad ad

राजनीति


राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेले गर्‍यो बहिष्कार

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेले गर्‍यो बहिष्कार

मंगलबार बिहान शीतल निवासमा जारी सर्वदलीय बैठक।


नेपालखबर
भदौ ५, २०८० मंगलबार ९:४०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। 

अहिले शीतल निवासमा सर्वदलीय बैठक जारी छ। त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन। 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल मात्र सहभागी छन्। 

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी छन्। 

एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वदलीय बैठकबारे जानकारी नभएको दाबी गरे। 

खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्‌मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो। 

तर यसबीच (सोमबार राति) संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ। आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ। 

आजको सर्वदलीय बैठकमा राष्ट्रपतिले दलहरूसँग देशका अन्य समसामयिक विषयमा छलफल गर्ने शीतल निवास स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .