ad ad

राजनीति


राष्ट्रपतिको शुभेच्छामा कसैले विमति राख्नुपर्ने कारण छैन : प्रधानमन्त्री

राष्ट्रपतिको शुभेच्छामा कसैले विमति राख्नुपर्ने कारण छैन : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८० मंगलबार १०:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनादेखि अवरुद्ध संसद् सञ्चालनका लागि सहमति नजिकै पुगिएको कुरा राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्। 

आज बिहान शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा उनले संविधानको रक्षा र जनताले चाहेबमोजिम संसद् सञ्चालनका लागि दलहरूबीच लगभग सहमति भइसकेको बताएका हुन्।  

यस विषयमा राष्ट्रपतिले राखेको चासोप्रति प्रधानमन्त्रीले आभार व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ। यसमा कसैले विमति राख्नुपर्ने कारण छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी निरन्तर छलफलमा छौँ।  संसद् सुचारु गर्ने सहमतिको करिब-करिब नजिक पुगेका छौँ। राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु।’ 

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल मात्र सहभागी भएका थिए। 

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी भएका थिए।  

यस विषयमा जिज्ञासा राख्दा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वदलीय बैठकबारे जानकारी नभएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .