ad ad

राजनीति


कोशी सरकारविरुद्ध आज एमालेले सर्वोच्चमा मुद्दा दायर गर्ने

कोशी सरकारविरुद्ध आज एमालेले सर्वोच्चमा मुद्दा दायर गर्ने

नेपालखबर
भदौ ६, २०८० बुधबार ९:२५, काठमाडौँ

कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले आज पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै छ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान मिचिएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जान लागेको हो।

सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि एमालेले त्यसको विरोध गर्दै आएको छ।

संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको दाबी छ। 

थापा नेतृत्वका गठबन्धन सरकार असंवैधानिक भएकाले त्यसलाई खारेज गरी ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग एमालेको छ। 

सोही माग दाबीसहित आज सर्वोच्चमा रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए। 

यसअघि गएको गत असार २२ गते पनि एमालेले मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो। 

यो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले त्यतिबेला मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई असंवैधानिक भन्दै बदर गरेको थियो। 

त्यसपछि कोशीमा पुनः सरकार गठनको प्रक्रिया अघि बढेको थियो। गएको साउन १६ गते सभामुख बाबुराम गौतमले राजीनामा दिएर मतदानमा भाग लिएपछि थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। 

कोशी प्रदेशमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद सरकारको पक्षमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .