उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले नयाँ विधानअनुरुप आफ्ना संगठनको पुनर्संरचना गर्ने भएको छ।
जसपाले यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन-पुनर्गठन गर्ने भएको छ।
त्यस्तै जिल्ला-विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्न परिपत्र जारी गरिएको छ।
पार्टीले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावलीसहितको सांगठनिक विवरण पठाउन पार्टी संगठन र समितिहरुलाई निर्देश दिएको छ।
सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्ने भनिएको प्रचार विभाग प्रमुख बस्नेतले बताए।
18
Shares
प्रतिक्रिया