ad ad

राजनीति


बालुवाटारबाट दलका नेताले संविधानमाथि बलमिच्याइँ गरे : शेखर कोइराला

बालुवाटारबाट दलका नेताले संविधानमाथि बलमिच्याइँ गरे : शेखर कोइराला

नेपालखबर
भदौ ६, २०८० बुधबार १६:३३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका शिर्ष नेताहरू बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्।

‘संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको?’ कोइरालाले प्रश्न गरे।

कोशी प्रदेश सरकारको विश्वासको मतबारेको प्रसंगमा कोइरालाले भने, ‘अदालतले जे नगर्नु भन्यो शिर्ष नेताहरू बसेर फेरि त्यही गर्नुभयो। संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म?’

मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सदभाव समेत बिथोलिएको बताए।

कार्यक्रममा २०१५ सालदेखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .