ad ad

राजनीति


चित्रबहादुर केसीको माग : संसद कसले बन्द गर्न लगायो, छानबिन हुनुपर्छ

चित्रबहादुर केसीको माग : संसद कसले बन्द गर्न लगायो, छानबिन हुनुपर्छ

नेपालखबर
भदौ ६, २०८० बुधबार १७:५२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले संसद बन्द गरिएको विषयमा गम्भीर छानबीन हुनुपर्ने माग गरेका छन्।

नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै साउन १० गतेदेखि निरन्तर संसद अवरोध गर्दा जनताको समस्या उठाउन नपाएको केसीले बताए। बुधबारदेखि खुलेको संसद बैठकमा धारणा राख्दै केसीले सो माग राखेका हुन्।

‘कसले बन्द गर्न लगायो, कसले बन्द गर्‍यो? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ,’ केसीले भने, ‘देश भयकंर संकटमा रहेको, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनौं दिनसम्म संसद् बन्द गरेकोमा खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौँ।’

नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुनकाण्डमा सांसद र सरकारमा रहेका संलग्न रहेको केसीले आरोप लगाए।

‘नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने, ललिता निवासको जग्गा बिक्री गर्नेहरु र भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनाउनेहरु यही संसद्मा‌ बस्ने, खेल्ने र सत्ता चलाउनेसँग सम्बन्धित छैनौं र? हामीले कसलाई भनिरहेका छौँ?’ केसीले थपे।

सात दलबीच दुई बुँदे सहमति भएसँगै बुधबारदेखि संसद खोल्न एमाले तयार भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .