ad ad

राजनीति


भारतीय चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेकोमा प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई बधाई

भारतीय चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेकोमा प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई बधाई

नेपालखबर
भदौ ६, २०८० बुधबार १९:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको अवसरमा प्रधानमन्त्री दाहालले भारतलाई बधाई दिएका हुन्।

बुधबार ट्वीट गर्दै प्रधानमन्त्रीले भारतले चन्द्रमामा सफलतापूर्वक चन्द्रयान–३ अवतरण गर्न सफल भएको तथा विज्ञान र अन्तरिक्ष प्रविधीमा ऐतिहासिक सफलता हासिल गरेको बताए।

चन्द्रमाको दक्षिणी ध्रुवमा यानलाई सफलतापूर्वक अवतरण गराउने भारत पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डर को सफ्ट ल्यान्डिङपछि प्रज्ञान रोवर त्यसबाट निस्किएर चन्द्रमाको सतहमा घुम्दै शोध गर्नेछ। यसले भारतलाई महत्वपूर्ण जानकारी मिल्नेछ।

१४ जुलाई दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान-३ ले आफ्नो ४० दिनको लामो यात्रा पूरा गरेको छ।

इसरोले दिएको विवरण अनुसार चन्द्रयान-३ का लागि मुख्य रूपमा तीन उद्देश्य निर्धारित छन्।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डरको सफ्ट ल्यान्डिङ गर्नु, चन्द्रमाको सतह बताइने रेजोलिथमा ल्यान्डरलाई उतार्नु र घुम्नु तथा ल्यान्डर र रोभर्सबाट चन्द्रमाको सतहमा शोध गर्नु रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .