सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिले उनीहरूविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषद्को बैठकले सिफारिस गरेको थियो।
उजुरी आव्हानसँगै निरौला र पाण्डेयको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।
निरौला सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार छँदा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए। तर पछिल्लो समय उनीभन्दा वरीयतामा पछाडि भएकाहरूलाई सर्वोच्चको न्यायाधीश बनाएर उनलाई छाडिएको थियो।
96
Shares
प्रतिक्रिया