ad ad

राजनीति


प्रचण्ड र माधव नेपालले नुवकोटमा गोरु जुधाए झैँ कोशीमा जनता जुधाउँदै छन् : ओली

प्रचण्ड र माधव नेपालले नुवकोटमा गोरु जुधाए झैँ कोशीमा जनता जुधाउँदै छन् : ओली

फाइल फोटो


नेपालखबर
भदौ ७, २०८० बिहिबार १६:२१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।

बिहीवार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोशी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए।

उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गरे। उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताए।

उनले भने, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्। उहाँहरुले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन्। उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल।’

ओलीले थपे, ‘यी बाहुनले नुवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने। ती साढेको केही दुष्मनी नै छैन। भेटेको पनि होइन, कहिल्यै। आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन्। अरु छेउमा बसेर तालि बजाउँछन्। प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन। नेपाली लड्नु हुँदैन। जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त। जनता किन भिडाउनु हुन्छ। शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन्। सजग हुनुपर्छ।’

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाण सँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताए। उनले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन लागेको बताए।

उनले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्नता हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताए।

अध्यक्ष ओलीले अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .