ad ad

राजनीति


यी ३ एजेन्डामा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

यी ३ एजेन्डामा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार ११:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ। 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा साँझ ५ बजे बस्नेछ। 

बैठकका लागि तीन एजेन्डा तय गरिएको उनले बताए। 

‘एजेन्डारू विषयगत समितिको सभापति निर्वाचन, पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्ताव र आगामी संसदीय गतिविधि तय गरिएको छ’, उनले नेपालखबरसँग भने। 

बैठकमा दलको नेता रवि लामिछानेबाट समसामयिक राजनीतिक घटनाबारे ब्रिफिङ र संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्ने तयारी भएको उपसभापति डोलप्रसाद अर्यालले बताएका छन्। 

यही भदौ ११ गते संसद्‌का विषयगत समितिका सभापति चयनका लागि निर्वाचन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .