नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकरिझ्याँइको राजनीति गरेको आरोप लगाएका छन्।
शुक्रबार पार्टीनिकट स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले ओलीले इतिहास, मूल्य, दर्शन, नैतिकता लगायतका सार विषयमा नग्न आक्रमण गरेको पनि आरोप लगाएर।
‘ओलीजीको पपुलिजमको कारणले व्यक्तिवादी, लोकरन्जनावादी, लोकरिझ्याँइको राजनीति सुरु भयो,’ महासचिव भुसालले भने, ‘उहाँ(केपी शर्मा ओली)ले इतिहास, मूल्य, दर्शन, नैतिकता सारा कुराको विरुद्धमा नग्न आक्रमणको कारणले, गर्दा गर्दा यही प्रज्ञा प्रतिष्ठानको कार्यालयमा एकचोटी युवाहरुलाई उहाँले के भन्नुभयो भने, नाम राख्नका लागि पढ्नु पदैन, गौतम वुद्धले पढ्नुभएको छैन भन्नुभयो।’
भुसालले पपुलिजमको पछि लाग्दै नयाँहरु बजारमा देखिएको टिप्पणी गरे। उनले राजनीतिलाई असाध्यै सस्तो चिज ठानको बताउँदै भने, ‘ओलीजीका कारणले त्यो पपुलिजम ठक्कर खायो, अनि नयाँ पपुलिस्टहरु बजारमा आएका छन्, राजनीतिलाई असाध्यै सस्तो चिज ठानेका छन्। राजनीति चुट्किका भरमा गरिने हो भनेर जसरी उनीहरुले सोचिरहेका छन्, मैले ती पपुलिस्टहरुलाई ओलीजीका मानस पुत्रहरु हुन्। फन्टुस नयाँ जेनेरेसन आउँँदैछ। त्यो भनेको फन्टुस पपुलिस्टहरुको कुरा गरेको हुँ।’
Shares
प्रतिक्रिया