नेकपा एमालेले उपत्यका बाहिर बस्न लागेको सचिवालय बैठक स्थगित गरेको छ। एमालेले भोलि (शनिबार) का लागि तय गरेको सचिवालय बैठक स्थगित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
लगातारको वर्षा र बाढीपहिरोका कारण बैठक स्थगित गर्नुपरेको उनले बताएका छन्।
नेकपा (माले)द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि त्यही स्थानमा एमाले सचिवालय बैठक डाएिको थियो।
२०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो। उक्त झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो। त्यसअघि ०३९ सालमा मालेको महासचिवमा सीपी मैनालीलाई बिदा गर्दै खनाल चयन भएका थिए।
३४ वर्षअघि चौथो महाधिवेशन भएको घरमा एमालेको सचिवालय बैठक बस्ने
इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको बताइएको थियो।
कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म विष्णुपुरकट्टी, सर्रे अम्बासमा चौथो राष्ट्रिय महाधिवेशन गरेको थियो।
Shares
प्रतिक्रिया