राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बैठक अपरान्ह ५ बजे सुरु भएको हो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकका लागि तीन एजेन्डा तय भएको छ।
विषयगत समितिको सभापति निर्वाचन, पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्ताव र आगामी संसदीय गतिविधि मुख्य एजेन्डा रहेको उनले जानकारी दिए।
बैठकमा दलको नेता रवि लामिछानेबाट समसामयिक राजनीतिक घटनाबारे ब्रिफिङ र संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्ने तयारी भएको उपसभापति डोलप्रसाद अर्यालले बताएका छन्।
यही भदौ ११ गते संसद्का विषयगत समितिका सभापति चयनका लागि निर्वाचन हुँदै छ।
30
Shares
प्रतिक्रिया