ad ad

राजनीति


समाजवादीका यादव, भट्टराई र राईलाई नेकपामा आउन प्रचण्डको प्रस्ताव

समाजवादीका यादव, भट्टराई र राईलाई नेकपामा आउन प्रचण्डको प्रस्ताव

नेपालखबर
माघ ८, २०७६ बुधबार ११:४२,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायतका नेतालाई एकतामा आउन आह्वान गरेका छन्।

समाजवादी पार्टीका नेताहरुलाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियानमा मिलेर जानुपर्ने बताएका हुन्।
समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अशोक राईहरु कमजोर अबस्थामा रहेको पाइएको व्रिफिङ सुनेपछि प्रचण्डले उपेन्द्र यादवलाई समेत पार्टीमा समाहित हुन आग्रह गरे।

‘बाबुराम भट्टराई, अशोक राईलाई मात्रै होइन, उपेन्द्र जीलाई पनि म नेकपामा आउन आग्रह गर्दछु,’ उनले भने, ‘धेरै झमेला गर्नुभन्दा मिल्न आए राम्रो हुन्छ, यहाँ अलग अलग चुलो चौका गर्नुको फाइदा छैन ।’

अध्यक्ष प्रचण्डले नेकपालाई बलियो पार्टी बनाउन लागिपरेको बताउँदै एउटै विचार र आस्था राख्नेहरुबीचको एकता भए नेकपालाई मजबुत पारेर समृद्ध मुलुक बनाउन सक्ने दाबी गरे।
‘केही साथीहरु व्युझिनु भएको छ, केही व्युझिँनै वाँकी छ, उहाँहरु व्यझिएपछि आउनुहुन्छ,’ प्रचण्डले भने ।

समाजवादी पार्टीका केन्द्रीय सहप्रवक्ता रामप्रसाद रिमालको नेतृत्वमा सो पार्टीका ४२ नेता कार्यकर्ताहरु सत्तारुढ नेकपामा प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी नेताहरुलाई सो आह्वान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .