ad ad

राजनीति


नेकपा र राजपाका मतदातालाई मतदान नटुंगिएसम्म नछुट्टिन निर्देशन

नेकपा र राजपाका मतदातालाई मतदान नटुंगिएसम्म नछुट्टिन निर्देशन

शैलेन्द्र महतो
माघ ८, २०७६ बुधबार ११:४४,

बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश २ का नेकपा र राजपाका मतदातालाई कडा निगरानीमा राखिएको छ। राजपा नेपालका केही मतदाता नेपाली कांग्रेस र समाजवादी पार्टीको गठबन्धनको प्रभावमा पर्न सक्ने सुइको पाएपछि नेकपा र राजपा गठबन्धनले बुधबारदेखि नै आफ्ना मातदाताप्रति कडाइ गरेको हो।

बर्दिबासको विभिन्न होटेलहरुमा राजपा र नेकपाका राष्ट्रियसभा उम्मेदवारका मतदाता प्रदेश सांसद, नगर प्रमुख र उपप्रमुखलाई राखिएको छ। आफ्नो मत सुरक्षित राख्न नेकपा र राजपा दुवै पार्टीले बुधबारदेखि नै बर्दिबासको होटेलहरुमा राखेको नेकपाका एक नगरप्रमुखले नेपालखबरलाई जानकारी दिए।

‘दुवै दलका जिल्ला ईन्चर्जहरुको निगरानीमा सबै मतदाता छन्। सबैले समय समयमा जिल्ला ईन्जार्ज कहाँ हाजिरी बनाउने, अति आवश्यक काम पर्दा मात्र सयम लिएर जान पाउने र समायावधि भित्रै आउनुपर्ने नियम बनाएको छ’ ती नगरप्रमुखले भने।

बर्दिबासको होटेल पावन मिथिला र होटेल विनायकमा राजपा नेपालका मतदाताहरु बसेका छन् भने होटेल सैलुंग लगायतमा नेकपाका मतदाताहरु छन्। प्रदेश २ मा राष्ट्रियसभाको ४ सदस्यकाले लागि बिहीबार हुने निर्वाचनमा नेकपा र राजपाले गठबन्धन बनाइ २–२ सीट बाँडफाँड गरी मनोनयन दर्ता गराएको छ।

83105012_110103483750222_7998241390288961536_n.jpg

प्रदेश २ मा नेकपाको ३२ प्रदेश सांसद र ८३ स्थानीय तहको प्रमुख तथा उप प्रमुख गरी जम्मा एक सय १५ मतदता छन्। यस्तै, राजपाको २५ प्रदेश सांसद र ५४ नगरप्रमुख तथा उपप्रमुख गरी ७९ जना छन्। नेकपा र राजपाको मतदाताको अंकगणित हेर्दा जम्मा १ सय ९४ छन्। जुन प्रदेश सभा निर्वाचनको लागि स्पष्ट बहुमत देखिन्छ।
राजपा र नेकपा गठबन्धनको मतदानसम्बन्धी प्रशिक्षण अहिले बर्दिबासको पावन मिथिला होटेलमा चलिरहेको छ।

मतदाताहरुको खानपिन, उठबस सम्पूर्णको व्यवस्थापन उनीहरु बास बसेकै होटेलहरुमा गरिएको जनाएको । भोली जनकपुरमा दुवै पार्टीका मतदातासँगै मतदान केन्द्रमा गएरसँगै मतदान गरेपछि मात्र दुबै पार्टीले विदा दिने श्रोतले जनाएको छ।

कांग्रेस र समाजवादी पार्टीका मतदाता पनि होटेलमा
यता, राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा नेकपा र राजपा जस्तै गठबन्धन बनाएका नेपाली कांग्रेस र समाजवादी पार्टी पनि आफ्नो मत सुरक्षित गर्न जनकपुरको होटेलमा राखेर मतदातालाई प्रशिक्षण दिइरहेका छन्। नेपाली कांग्रेसले आफ्ना मतदातालाई जनकपुरको रामानन्दचोक स्थित सीता प्यालेसमा बस्ने व्यवस्था मिलाएको छ भने समाजवादी पार्टीले जनकपुरकै मारबाडी सेवा समितिमा मतदातालाई बस्ने व्यवस्थापन गरेको छ। कांग्रेस र समाजावदी गठबन्धनले नेकपा र राजपाले जस्तै आफ्नो मतदातालाई भने कडा निगरानीमा नराखेको समाजवादीका प्रदेश सांसद कौसल यादवले बताए।

82517968_175315050495149_3534535390553702400_n.jpg

प्रदेश २ मा कांग्रेसका १९ प्रदेश सांसद र ८१ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी एक सय मतदाता छन्। समाजवादीको ३० जना प्रदेशसभा सदस्य तथा ५२ स्थानीय तहका प्रमुख तथा उप्रमुख गरी जम्मा ८२ मतदाता छन्। कांग्रेस र समाजवादी गठबन्धनको जम्मा मतदाता १ सय ८२ छन्।

यस्तै प्रदेश २ मा एक प्रदेश सांसद र २ स्थानीय तहका मतदाता स्वतन्त्र छन्। ती मध्ये २ मतदाता आफ्नो पक्षमा रहेको नेकपाले दावी गरेको छ।

अंकगतिण हिसाबले नेकपा र राजपा गठबन्धन कांग्रेस र समाजवादी गठबन्धनको तुलनामा बलियो छ। नेकपा र राजपा गठबन्धनले स्वतन्त्र मध्येका २ मतदाता आफ्नो पक्षमा मतदान गर्ने दावी गरेको छ।

83006380_216601599372376_2761094097887297536_n.jpg

यता, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण मण्डलले कांग्रेस र समाजवादी गठबन्धनले नै जित्ने दावी गरे। नेकपा र राजपाको अप्राकृतिक गठबन्धन भएकाले राजपाका केही मतदाताहरु नेकपाप्रति असन्तुष्टि जनाउँदै आएकाले आफूहरुको गठबन्धनमा मतदान गर्ने मनसायमा रहेकाले जित्ने उनको दावी छ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा

प्रदेश २ मा चार सीटको लागि बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ। जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालयको अगाडीमा रहेको महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा मतदान स्थल राखिएको छ। स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको प्रदेश २ का राष्ट्रियसभा निर्वाचन कार्यालयका अधिकृत राजुकुमार खतिवडाले बताए।

बिहीबार बिहान १० बजेदेखि अपराहन्न ४ बजेसम्म हुने मतदानका लागि २५ जना कर्मचारी मतदान सामग्री सहित खटाइएको अधिकृत खतिवडाले जानकारी दिए।

‘स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी पुरा भएको छ। भोली बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुन्छ। मतदान सकिने बितिकै केहि बेरमै मतगणनाको काम पनि गर्न हामीले व्यवस्था मिलाएका छौं’ उनले भने।

rajapa nekapa matdan

चुनावको लागि राजनीतिक दलसंग सर्वपक्षीय छलफल समेत निर्वाचन कार्यालयले गरेको छ ।

प्रदेश नंं.२ मा राष्ट्रिय सभाको चार सदस्यका लागि हुनगइरहेको निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनमा नेकपासँग राजपा र काँग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरि उम्मेदवारी दिएका छन्। महिला एकपदको लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव मैदानमा छन्। दलित एक पदका लागि हुने चुनावको लागि नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान प्रतिष्पर्धा हुने छ।

अल्पसंख्यक १ पदको लागि नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन् भने अन्य १ पदको लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .