जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्। पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र प्रसाद श्रेष्ठलाई दिएर उनी शनिबार भारत प्रस्थान गरेका हुन्।
भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन शनिबार यादव त्यसतर्फ प्रस्थान गरेको पार्टी प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
यादव आगामी भदौ २१ गतेसम्म भारतमै रहने कार्यक्रम रहेको पनि बस्नेतले बताए।
39
Shares
प्रतिक्रिया