ad ad

राजनीति


एमाले लक्षित नेपालको कटाक्ष : हाम्रो पार्टी विस्तारित हुँदा आतंकित छन्

एमाले लक्षित नेपालको कटाक्ष : हाम्रो पार्टी विस्तारित हुँदा आतंकित छन्

नेपालखबर
भदौ ९, २०८० शनिबार १७:३४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेको पनि बताए। 

नेकपा एमालेप्रति इंगित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चा लगायत जुनकुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको भन्दै टिप्पणी गरे।

‘हामीले हाम्रो देशको राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेका छौँ की छैनौँ? म दावाकासाथ भन्छु। चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको बिस्तार होला भनेर आतंकित पनि भएका छन्, ती आतंकित भएकाहरुलाई भन्न चाहन्छु धेरै आतंकित नहुनुस्, हामी विध्वंंसक शत्रु होइनौँ, हामीलाई शत्रु ठान्नुपर्ने केही आवश्यकता छैन।’

आफूहरु बिध्वंशक नभएकाले आतंकित नहुन पनि उनले आग्रह गरे।

‘हामी त शत्रु ठान्दैनौँ। हामी तपाईको गलत प्रवृत्तिलाई मात्रै इंकित गरिरहेका छौँ। सुधार गर्नुहोस्, तपाईहरुको रवैयाले कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ। तपाईको रवैयाले नेपाली राजनीतिमा निराशा पैदा भएको छ, तपाईको रवैयाले नै वास्तवमा जनतामा राजनीतिप्रति वितृष्ण बढीरहेको छ,’ उनले भने। 

अध्यक्ष नेपालले समाजवादी शक्ति एक ठाउँमा ल्याएर नेपालमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .