ad ad

राजनीति


कांग्रेसको पोलिसी ह्याकथन सम्पन्न, पहिलो हुने टिमले पायो ३ लाख नगद

कांग्रेसको पोलिसी ह्याकथन सम्पन्न, पहिलो हुने टिमले पायो ३ लाख नगद

नेपालखबर
भदौ ९, २०८० शनिबार २१:३५, काठमाडौँ

नेपाली कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथन (नीतिगत प्रतिस्पर्धा) को फाइनल सम्पन्न भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा भएको फाइनल प्रतिस्पर्धामा पहिलो हुने टिमलाई ३ लाख नगद उपहार प्रदान गरिएको छ। 

Empowering Nepal's Gig Economy: A Comprehensive Approach to Worker Classification, Social Protections, and Regulation विषयको टिमले ३ लाख नगद प्राप्त गरेको हो। 

यो प्रतियोगिताका लागि कांग्रेसले दुईवटा विषय छनोट गरेर अवधारणापत्र आह्वान गरेको थियो। 

‘जिओ इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ मा सहभागी २ सय २७ प्रतिस्पर्धी टिमहरूमध्ये १० टिमले शनिबार आफ्ना नीति पत्र प्रस्तुत गरेका थिए।

त्यस्तै, SUSTAINABLE SOCIAL SECURITY PROTECTION FOR GIG WORKERSविषयको  टिमले एक लाख पचास हजार र Harnessing Aquifers Recharging Ground waters in Cities of Nepal विषयको टिमले पचास हजार पुरस्कार राशी प्राप्त गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन्। 

कार्यक्रमको प्रारम्भमा महामन्त्री विश्वप्रकाश शर्मा र पोलिसी ह्याकथन कार्यक्रमका संयोजक एवं सहमहामन्त्री जीवन परियारले सम्बोधन गरेका थिए।

४० वर्षसम्मका नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश तथा विदेशमा बस्ने विद्यार्थीको समूह बनाएर कांग्रेसले पोलिसी ह्याकथनको अवधारणा पत्र सार्वजनिक गरेको थियो। 

युवालाई नीति निर्माणमा जोड्न र नीति निर्माण प्रक्रियाको दायरालाई अझै फराकिलो बनाउन यो कार्यक्रम आयोजना गरिएको कांग्रेसले बताएको छ।

शीर्ष टोलीको नीतिपत्र र विचार कांग्रेसको संसदीय दलभित्र छलफल गर्ने र नीति निर्माणका क्रममा कांग्रेसले ग्रहण गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .