ad ad

राजनीति


समाजवादी सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा : माधव नेपाल

समाजवादी सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा : माधव नेपाल

नेपालखबर
भदौ १०, २०८० आइतबार १७:४१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताएका छन्।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘संविधानमा लेखिएका कुराहरु व्यवहारमा लागू गर्न बाँकी नै छ। यी सबै परिवेशमा विस्तृत डिस्कोर्सको आवश्यकता छ। विस्तृत छलफल बहसको आवश्यकता छ। अहिले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको छ।’

उनले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताए।

नेता नेपालले भने, ‘यही दलाल नोकरशाही पुँजीवाद भन्नुहोस्, वित्तीय पुँजीवाद भन्नुहोस्, यसले सर्वहारा श्रमजीवि जनता आम नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेका छन्।’

उनले देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको बताए। उनले देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा पनि अनेक व्यवधान खडा भइरहेको बताए। प्रतिकुल काम गर्ने र अवरोधमुलक काम गर्नेहरुसँग जुध्नुपर्ने आवश्यकता रहेको बताए।

अध्यक्ष नेपालले नेता, कार्यकर्ताहरु घुलमिल हुनुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .