ad ad

राजनीति


राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपाल फेरि सडकमा, भदौ २९ गते विरोध प्रदर्शन

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपाल फेरि सडकमा, भदौ २९ गते विरोध प्रदर्शन

नेपालखबर
भदौ ११, २०८० सोमबार १८:१०, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै लुटतन्त्रका अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने बताएका छन्।

आगामी भदै २९ गते पार्टीले वृहत वरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजा सहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने समेत बताए।

मुलुकको गौरबशाली इतिहास ,धर्म संस्कृती पहिचानलाई समाप्त पार्न योजनाबद्ध रुपमा भएका षड्यन्त्र विरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिँदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको विकल्प नभएको समेत बताए।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण,आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने थापाको धारणा रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .