ad ad

राजनीति


पूर्वाग्रह राखेर राज्य शक्तिको दुरुपयोग गरे कसैलाई फाइदा गर्दैन : वर्षमान

पूर्वाग्रह राखेर राज्य शक्तिको दुरुपयोग गरे कसैलाई फाइदा गर्दैन : वर्षमान

नेपालखबर
भदौ १२, २०८० मंगलबार १४:२०, काठमाडौँ

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरुमा साथ दिन सबै पक्षसँग आग्रह गरेका छन्।

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उनको भनाई थियो। मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिँदै आएका पछिल्लो अभिव्यक्तिको पनि प्रशंशा गरे।

उनले राज्य शक्तिको दुरुपयोग हुन नदिने गरी सरकारले सुशासनको पक्षमा चालेको कदमहरुलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्य सत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताए।

उपमहासचिव पुनले भने, ‘राज्य शक्तिको दुरुपयोग हुने खतराहरु ध्यान दिँदै कोहीप्रति प्रतिपक्ष होला, कोहीप्रति नियोजित रुपमा राज्य शक्ति परिचालित हुने, नियोजित रुपले त्यतातिर जाने, परिचालन हुने सम्भावनाहरु कहीँ पनि देखिनु हुँदैन। त्यस्तो भयो भने हाम्रो राज्य एउटा खुला राज्य हो। कुनै पनि बेला कोही पनि सत्तामा रहन्छ। कोही विपक्षमा रहन्छ। राज्य शक्तिहरु दुरुपयोग हुने खतराहरु रहन्छ। समकालिन दुनियाँमा हाम्रो छिमेकहरुमा, धेरै ठाउँहरुमा राज्य शक्ति एक वा अर्कोको बिरुद्ध प्रयोग हुने र दुरुपयोग हुने खतरा देखिएका छन्। यस प्रकारका गलत अभ्यास र शिक्षाहरुबाट हामीले शासन व्यवस्थाहरु संचालन गर्नुपर्छ भन्ने मलाई लाग्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .