ad ad

राजनीति


प्रचण्डको भ्रमणअघि एमाले महासचिव पोखरेलको टोली चीन जाँदै

प्रचण्डको भ्रमणअघि एमाले महासचिव पोखरेलको टोली चीन जाँदै

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार ६:५१, काठमाडौँ

चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा जाने टोलीमा १७ जना नेताहरु सहभागी हुने बताइएको छ।

एमालेको साउन २९ गते बसेको सचिवालय बैठकबाट भदौ १६ गते टोलीलाई चीन पठाउने गरी निर्णय भइसकेको छ।

‘१०/१२ दिनको भ्रमण हुने भनेर सचिवालयबाट निर्णय भएको छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘प्रमुख प्रतिपक्षी दलको महासचिव नै भ्रमणमा जाने भएकोले उच्च तहमा भेटवार्ता हुने बताइएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ  कम्युनिस्ट पार्टीका नेताहरूसँग वार्ता गर्नेछन्। 

प्रचण्डको भ्रमणअघि एमाले नेताहरुले चीनको भ्रमण गर्न लागेका हुन्। 

‘केही जिल्ला, क्षेत्र र केही विभागलाई समेटेर भ्रमण दलका सदस्य तय गर्ने भनिएको छ,’ ती पदाधिकारीले थपे, ‘यस्ता भ्रमणले थप हार्दिकता बढाउँछ।’

‘यो पार्टी टोलीको भ्रमण भएकाले नेपालको राजनीतिक अवस्थासहित पार्टीगत सम्बन्धबारे छलफल हुन्छ होला, त्यसबाहेक चीनले नेपाललाई पछिल्लो दिन कसरी हेरिरहेको छ, उसको चाहना के छ त्यो पनि बुझिन्छ’, उनले भने।

भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टीका कुन तहको नेता भेट्ने खुलेको छैन। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उच्च तहका नेतृत्वसँग बेइजिङमा भेटवार्ता हुने सम्भावना छ।  

‘उच्च तहकै रुपमा यो भ्रमणलाई लिइएको छ, चिनियाँ कम्युनिष्ट पार्टीले भ्रमणको निमन्त्रणा दिएको हो,’ उनले नेपालखबरसँग भने। 

यसअघि जेठ ६ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासहितको २० सदस्यीय टोलीले चीनको भ्रमण गरेको थियो। त्यसपछि माओवादीका महासचिव देव गुरुङले चीन भ्रमण गरेका थिए।

अहिले प्रमुख प्रतिपक्षीमा रहेको एमालेका उच्च तहका नेताहरुलाई भ्रमणमा बोलाएर चीनले केही सन्देश दिन खोजिरहेको देखिन्छ।

एमालका अन्तर्राष्ट्रिय विभाग प्रमुख डा. राजन भट्टराईले महासचिवसहितको भ्रमण निश्चित भए पनि टोलीमा रहने संख्या र मिति तय नभएको बताए। 

‘भ्रमण गर्ने निश्चित हो, समय र संख्या टुंगो लागेको छैन,’ भट्टराईले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .