ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

तस्बिरहरु : प्रदीपराज वन्त


नेपालखबर
भदौ १५, २०८० शुक्रबार २०:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ। 

शुक्रबार दिउँसो काठमाडौं आइपुगेका होलेन प्रधानमन्त्री प्रचण्डलाई भेट्न साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए। 

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्यसमेत रहेका सिनेटर र प्रधानमन्त्री प्रचण्डबीच नेपाल र अमेरिकाबीच सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालस्थित अमेरिकी राजदूतावासले सिनेटको भ्रमणका क्रममा अमेरिका–नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ।

त्यस्तै, नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .