ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले परराष्ट्र मन्त्रालयसँग चीनलाई पठाएको नक्सासँगै सम्बन्धित पत्रको प्रतिलिपिसहितको लिखित जानकारी माग गरेको छ। मंगलबार मन्त्रालयमा एक पत्र बुझाउँदै मोर्चाले सो पत्रको लिखित जानकारी माग गरेको हो।
नेपालले २०७७ साल जेठ ७ गते प्रकाशित नेपालको राजनीतिक नक्साबारेको औपचारिक जानकारी भएको वा नभएको भन्ने प्रश्न उठेको भन्दै सो बारे जानकारी मोर्चाले मागेको बताइएको छ।
‘नेपालको छिमेकी तथा मित्र राष्ट्र जनवादी गणतन्त्र चीनले गत सोमबार ९११ भदौ, २०८०० प्रकाशित गरेको २०२३ को नक्सामा चीनसँग सिमाना जोडिएका छिमेकी देशहरूको नक्सा देखाउँदा २०७७ सालपूर्वकै नेपालको नक्सा राखेको पाइएकाले २०७७ साल जेठ ७ गते प्रकाशित नेपालको राजनीतिक नक्सा जनवादी गणतन्त्र चीनलाई औपचारिक रूपमा पठाइएको थियो कि थिएन भन्ने प्रश्न उठेको छ । तसर्थ नेपालको नक्साको नयाँ संस्करण (२०७७) चीन सरकारलाई पठाइएको आधिकारिक पत्रको प्रमाणित प्रतिलिपि पाउनका लागि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सविनय अनुरोध गर्दछ,’ पत्रमा भनिएको छ।
परराष्ट्रमन्त्री साउदले भने यसअघि नै संसद्बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी नभेटिएको बताएका थिए।
Shares
प्रतिक्रिया