ad ad

राजनीति


नेपालको सद्भाव र सहिष्णुतामाथि आक्रमण भइरहेको छ : गृहमन्त्री (भिडिओ)

नेपालको सद्भाव र सहिष्णुतामाथि आक्रमण भइरहेको छ : गृहमन्त्री (भिडिओ)

नेपालखबर
भदौ २३, २०८० शनिबार १७:२६, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन्।

शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए।

आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताउँदै उनले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने पनि बताए। 

‘यो बहुजातिय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। यसको विशेषता भनेको विविधता बीचको एकता हो। यसको आफ्नै मौलिक पहिचान छ। धार्मिक र सांस्कृतिक जातिय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यो समाज सही सहिष्णुता सहित अघि बढीरहेको छ।  यसको मौलिक विशेषता हो। हामीले एकातिर जातिय, मौलिक भाषिक, धार्मिक, लैङ्गिक उत्पीडनलाई अन्त्य गरेर पहिचान, अधिकार र विकासको पक्षमा संघर्ष ग¥यौँ। त्यसको सन्दर्भमा धेरै उपलब्धी पनि हासिल गरेका छौँ। अझै हामीले त्यसलाई बेलामा सुनिश्चित गर्नु त छँदैछ। तर आज नेपालको यो विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ।’

उनले आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरू पनि देखिरहेको दाबी गरे।

‘आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको छ। हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ। प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ। त्यसको निम्ति संगठित हुनुपर्छ,’ उनको भनाइ थियो, ‘त्यस्तै अरुको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ। हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस्। परास्त गर्न सफल हुनुपर्छ।’

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको पनि उल्लेख गरे। उनले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताउँदै नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

‘समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको छ। यही आधारमा हामीले काम गरिरहेका छाैं। तपाईहरूले देख्नुभएको छ, सरकारले भ्रष्टाचारबिरोधी ठूलाठूला अभियान, दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको छ,’ श्रेष्ठले भने, ‘आम जनसमुदायबाट व्यापक समर्थन प्राप्त भएको छ। यसलाई बिराम नलिइकन अघि बढाउनेछौँ। यो वास्तवमा नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास गर्नुछ, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताए।

‘नेपाली जनताको दैनिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुछ। आज ३० लाख भन्दा बढी संख्यामा रहेका खाडी मुलुकमा मलेसियामा रहेका श्रमीक नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आमाबुबाको काखमा, बालबच्चाको साथमा आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु छ,’ श्रेष्ठले भने, ‘त्यसैले आजको हाम्रो मुल कार्यभार समृद्धिको कार्यभार हो। समृद्धिको कार्यभार पूरा गर्न सरकारले कमीसन खोर र भ्रष्टाचारको जुन जालोले देशलाई जर्जर बनाएको छ, सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न सकिँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .