ad ad

राजनीति


विराटनगर पुगेर माधव नेपालले सम्झिए ‘कोके’, भने– २२ वर्षको तन्नेरी महसुस गरेँ

विराटनगर पुगेर माधव नेपालले सम्झिए ‘कोके’, भने– २२ वर्षको तन्नेरी महसुस गरेँ

नेपालखबर
भदौ २५, २०८० सोमबार १५:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेताहरू सोमबार (आज) विराटनगरमा छन्। पार्टीको प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्ने क्रममा उनीहरू सोमबार विराटनगर पुगेका हुन्। 

विराटनगरको सन्देशसभालाई सम्बोधन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफूले ०३२ सालमा सुरु गरेको ‘कोअर्डिनेश केन्द्र’को प्रसंग उप्काए। 

सम्बोधनको सुरुमा नै उनले आफू विराटनगर पुग्दा अहिले नौजवान भएको महसुस गरे। 

‘विराटनगरमा नै हामीले ३२ सालमा कोके स्थापना गर्यौं। म बसेको डेरामा नै त्यसको सुरुवात भएको हो। म त्यतिबेला पढ्थेँ पनि, जागिर गर्थेँ पनि, राजनीतिमा पनि थिएँ,’ नेपालले भने, ‘त्यो पुरानो सम्झना ताजा भएर आयो। आफूलाई पुनः नौजवान मैले महसुस गरेँ। भर्खरको २२ वर्षको तन्नेरी भएँ।’

उनले त्यतिबेला संगठन बनाउने बेलामा मानिसहरू भेला पार्न टर्च नै बाल्नुपर्ने अवस्था रहेको पनि सुनाए। 

‘त्यतिखेर औंलामा गन्ने मानिसहरु थिए। मानिस भेला पार्नका लागि टर्च बाल्नुपथ्र्यो। जदुरहरुको घर घरमा गइन्थ्यो,’ नेपालले स्मरण गर्दै भने, ‘त्यहाँबाट राजनीतिको सुरुवात गरेर नेपालको राजनीतिमा कम्युनिस्ट मेचीदेखि महाकालीसम्म पुग्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .