ad ad

राजनीति


‘दुईतिहाइको सरकारलाई टिक्न नदिँदा बीपीले समाजवादको अभ्यास गर्न पाएनन्’

‘दुईतिहाइको सरकारलाई टिक्न नदिँदा बीपीले समाजवादको अभ्यास गर्न पाएनन्’

‘बीपीले नपाएको १५ वर्ष’ शीर्षकको छलफलमा सहभागीहरु। तस्बिर : सरोज नेपाल


नेपालखबर
भदौ २५, २०८० सोमबार १७:३०, काठमाडौँ

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ११० औँ जन्मदिनको अवसरमा पार्टी मुख्यालय बीपी नगरमा गरेको ‘बीपी साहित्य सम्मेलन–२०८०’ को दोश्रो दिन ‘बीपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरु बोलेका छन्। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपीन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा धारणा राखे।

हरि शर्माले राजनीतिक पूर्वाग्रहका कारण बीपीले दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरे पनि पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादबारेको सैद्धान्तिक अवधारणलाई व्यवहारमा उतार्न नपाएको बताए।

वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानुनी शासनको अभ्यास बीपीले गर्न नपाएको बताए। 

अर्थविज्ञ अच्युत वाग्लेले बीपीले समाजवादी अर्थनीति अनुसरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका संकेत देखिए पनि निरन्तरता पाउन नसकेको बताए।

आर्थिक मित्तव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बीपीको अवधारणालाई तत्कालीन सरकारले वि.सं. २०१६ सालमा अभ्यास सुरुवात गरेको बताए।  

मञ्चला झाले बीपी नेतृत्वको सरकारले समावेशिता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई आजको कांग्रेसले व्यवहारमा उतार्नु पर्ने खाँचो औल्याइन्। 

बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर ललितपुरमा आइतबारबाट सुरु भएको हो। 

तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श भइरहेको छ। महोत्सवको दोश्रो दिन सोमबार ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरियो। सोमबार नै गजल साँझ हुँदैछ। जहाँ ३० जना गजलकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .