त्यसो त संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले यतिबेला राष्ट्र नै रोइरहेको छ। तर शीर्ष नेतामध्ये पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फरक पार्टीका भईकन पनि नेम्वाङको निधनप्रति अलि बढी नै भावुक भइरहेको प्रतीत हुन्छ।
एमाले उपाध्यक्ष नेम्वाङको निधन भएपछि मंगलबार बिहान ट्विटरमा ‘आँखामा राखे पनि नबिझाउने’ आत्मीय मित्र गुमाएको पीडा उल्लेख गरेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले दिउँसो पुनः फेसबुकमा आफूसँग हात मिलाउँदै गरेको नेम्वाङको तस्बिरसहित भावुक स्टाटस लेखेका छन्।
‘संविधान निर्माण गर्दाका ती दिन सधैँ सम्झनामा रहिरहनेछन्’, डा. भट्टराईले भनेका छन्, ‘एउटा असल मान्छे छिट्टै जानुभयो। अलबिदा सुवासजी!’
48
Shares
प्रतिक्रिया