परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार भेटवार्ता भएको छ।
राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा उनीहरूबीच भेटघाट भएको हो।
भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो। यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो।
भेटवार्तामा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। रासस
33
Shares
प्रतिक्रिया