ad ad

राजनीति


बालेन्द्रलाई ओलीले भने : घमण्ड र दम्भले मान्छेलाई बिगार्छ, समस्या समाधान होस्

बालेन्द्रलाई ओलीले भने : घमण्ड र दम्भले मान्छेलाई बिगार्छ, समस्या समाधान होस्

नेपालखबर
असोज ८, २०८० सोमबार १६:१८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै दम्भ र घमण्डले मानिस सकिने बताएका छन्। 

सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्। 

‘एउटा युवा १ सय २५ घन्टादेखि उभिएर सत्याग्रह गरिरहेको छ। त्यहाँ माग के हो भनेर सरकारले सोध्यो? एक जनाले जोसँग सम्बन्धित छ विषय, तीनका नेता खोज्दै जानुपर्ने लगायतका अभिव्यक्ति आएका छन्,’ ओलीले अघि भने, ‘दम्भ र घमण्डले मान्छेलाई सिध््याउँछ। समस्या बल्झाएर कोही सफल हुँदैन। समाधान गरेर सफल हुन्छ।’

साथै, उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे। 

‘म सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुन सक्दैन। म सरकारको ध्यानाकर्षण गर्न चाहन्५ु, सत्यलाई विभाजित गर्न सकिँदैन,’ ओलीले भने, ‘सत्यसँग सिंह नजुधाउनुस्, शिक्षकहरूसंग चलाखी नगर्नुस्। शिक्षा मन्त्रालयमा वार्ता हुँदैन, गृहमा हुन्छ। एकथरीसँग वार्ता गरिन्छ अर्कोसँग गरिँदैन्। लोकतन्त्रमा यस्तो हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .