ad ad

राजनीति


कानुनको सदुपयोग भन्दा दुरुपयोग बढ्यो : सभामुख घिमिरे

कानुनको सदुपयोग भन्दा दुरुपयोग बढ्यो : सभामुख घिमिरे

फाइल फोटो


नेपालखबर
असोज ११, २०८० बिहिबार १५:५५, काठमाडौँ

सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताए।

उनले कानूनमा प्रवन्ध भएका कुराहरुको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरु देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले भने, ‘संविधानले व्यवस्था गरेको कुरा कानून प्रवन्ध गर्ने कुराहरु थुप्रै बाँकी छन्। कानूनमा प्रवन्ध भएका कुराहरुको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरु पनि केही देखिएका छन्। चर्चा परिचर्चामा यो सूचनाको हकलाई असर पार्ने ढंगबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने प्रचारबाजी भएका छन्।’

उनले कानूनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताए। उनले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भुमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘हाम्रा विधेयकहरुमा सूचना सम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमीहरुलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरुलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता फोरमहरुले गर्न सक्छन्। विगतको प्रतिवन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुरामा अथवा मिडियाको क्षेत्रबाट हामीले हिजोको गलत परिपाटी प्रणाली पद्धति र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने संगठित र आवश्यकताअनुसार यस्ता कुरामा उल्लेखनीय ऐतिहासिक भुमिका निर्वाह गरेको मैले ठानेको छु।’

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि, विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूण रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .