एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन्।
अध्यक्ष यादव गएराति २ः१५ बजे कतार एयरको जहाबाट अमेरिका प्रस्थान गरेका सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ।
30
Shares
प्रतिक्रिया