ad ad

राजनीति


सर्वसम्मतिका नाममा एमाले बागमतीको मतदान अझै अघि बढेन

सर्वसम्मतिका नाममा एमाले बागमतीको मतदान अझै अघि बढेन

अध्यक्षका दुई उम्मेदवार मतदातामाझ। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १२:२४, हेटौंडा

नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया पूर्व निर्धारित समयमा सुरु हुन सकको छैन। 

अन्तिम समयमा पनि सर्वसम्मति प्रयासमा नछाडेको एमाले नेतृत्वका कारण निर्वाचन हुन ढिला भएको हो। 

अध्यक्ष पदका उम्मेदवारबीचमा सहमति गराएर निर्वाचन रोक्ने बालकोटको प्रयास अझै पनि जारी रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले बताए।

अहिले बिहान १० बजेबाट मतदान सुरु हुने भनिए पनि पूर्वनिर्धारित समय अनुसार मतदान प्रक्रिाय सुरु हुन नसकेको हो। 

आन्तरिक छलफलकै कारण मतदान प्रक्रिया सुरु हुन नसकेको एमाले नेताहरुले बताएका छन्। 

अबको केहीबेरमा मतदान प्र्रक्रिया थालिने निर्वाचन अधिकृत बताउँछन्। 

मतदानको तयारी भइरहेको र केही समयमा सुरु गरिने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए। 

‘मतदान प्रक्रिया मिलाइरहेका छौं। अब केही समयमा मतदान प्रक्रिया सुरु गरिनेछ। जसका लागि अन्तिम तयारी भइरहेको छ,’ निर्वाचन अधिकृत मैनालीले नेपाखबरसँग भने।

एमाले बागमती प्रदेशको अध्यक्ष पदका लागि रामेछापमा कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा उत्रिएका छन्। 

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। 

सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ। कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .