एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अहिले च्यासलमा मतदान भइरहेको छ।
विद्युतीय मेशिनमा अहिले मतदान चलिरहेको छ। अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल लडेका छन्।
यस्तोमा अध्यक्षका उम्मेदवार ढुंगेलले आफ्नो प्यानलका पदाधिकारीको नाम नै लिएर एसएमएसमार्फत एमालेका प्रतिनिधिसँग मत मागेका छन्।
उनले अध्यक्षमा कैलाश प्रसाद ढुंगेल, उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, सचिवमा हस्तबहादुर पण्डित, उपसचिवमा प्रेमबहादुर महर्जन र उपसचिवमा रिता गौतम ढकाललाई मत मागिरहेका छन्।
त्यस्तै मतदानस्थलमै व्यापक प्रचार गरिए पनि अन्य उम्मेदवारहरुलले पनि मोबाइल म्यासेज पठाएर धमाधम मत मागिरहेका छन्।
एमाले बागमतीको अधिवेशनमा कुल मतदाता ११ सय ७४ जना रहेका छन्।
105
Shares
प्रतिक्रिया