ad ad

राजनीति


भारत स्वतन्त्र हुनुमा नेपालीको हात छ, तर उसले कहिल्यै भनेन : विमलेन्द्र निधि

भारत स्वतन्त्र हुनुमा नेपालीको हात छ, तर उसले कहिल्यै भनेन : विमलेन्द्र निधि

नेपालखबर
असोज १५, २०८० सोमबार १९:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात रहेपनि भारतले  कहिल्यै भन्ने नगरेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरुले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए। 

उनले भारतले पनि कहिल्यै पनि नेपालीहरू पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेको बताए। उनले भारतीय राजनीतिज्ञ, साहित्यकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्ने गरेको पनि बताए। 

भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरूको सहयोग रहेको मात्रै भन्ने गरेको पनि उल्लेख गरे।

‘भारतको अहिंसात्मक आन्दोलनको जुन गान्धीजीको नेतृत्वमा भएको थियो। त्यसमा भारतीय जनताले त सहभागिता देखाएकै थियो। नेपाली जनता र नेपाली नेताहरूले पनि भारतीय आजादीमा सहभागीता जनाएका थिए। भारतमा यो सन्देश जाओस्। म चाहन्छु खासगरी भारतीय कार्यवाहक राजदुतजीको माध्यमबाट भारतमा जहिले पनि चर्चा हुन्छ, भारतको स्वतन्त्रताको जब कुरा हुन्छ, तब तपाईं र तपाईंको इतिहास यति मात्रै भन्छ की गान्धीको नेतृत्वमा हामी भारतीय जनताले लडाईंको सफल बनाएका हौँ,’ उनले भने, ‘थोरै नै ठिक नेपालका हाम्रा पूर्वनेता बीपी, मनमोहन, तत्कालीन धेरै नेताले भारतको आन्दोलनमा गान्धी र अहिंसात्मक आन्दोलनमा सहभागी जनाउने मात्रै नभइ जेलमा बसेका थिए। भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकार यसलाई महत्व दिनको त कुरै छोडौँ तर कुरा नै गर्न चाहँदैनन्। हामीले पनि तपाईहरुलाई स्वतन्त्र रहन सहयोग गरेका छौँ। तपाईहरू नेपालमा हामीले स्वतन्त्रता दियौँ भन्नुहुन्छ। लोकतन्त्र दियौँ तर हामीले गरेको सहयोगको याद गर्नुहुन्न।’

नेता निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बिरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताए। प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .