ad ad

राजनीति


ओलीको दुई घण्टा लामो भाषणले चित्रबहादुर केसीलाई दिक्क लाग्यो

राष्ट्रपतिले अपराधीलाई माफी दिएर लोकतन्त्रको बदनाम गरेको आरोप
ओलीको दुई घण्टा लामो भाषणले चित्रबहादुर केसीलाई दिक्क लाग्यो

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १८:३५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीहरुलाई संसदमा बोल्न दिने समयबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्। 

संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा सम्बोधन गरेपछि केसीले दिक्क मानेका छन्। 

उनले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरुलाई जति मन लाग्यो, त्यति समय बोल्न पाउने व्यवस्था गर्न नहुने बताएका हुन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले ओलीले दुई घण्टा संसद्‍मा सम्बोधन गर्दा केही नयाँ कुरा नआएको पनि बताए। 

उनले अपराधीहरुलाई पनि आममाफी दिने काम गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टि जनाए। 

‘पूर्व प्रधानमन्त्रीहरुलाई, पूर्वसभामुखहरुलाई जति मन लाग्छ, त्यति बोल्न दिन मिल्छ? अरु सबै त्यही सुन्न मात्रै आएको हो? दुई घण्टा बोल्दा नयाँ कुरा के नै आयो उहाँको? त्यसकारण यसमा विचार गर्नु पर्छ’, उनले भने।

उनले राष्ट्रपतिबाट गणतन्त्र दिवस र संविधान दिवसको अवसरमा फौजदारी मुद्दा लागेका अपराधीलाई सजाय मिनाहा दिने काम अत्यन्तै गलत रहेको बताए। 

पार्टीहरु र सत्ताधारीहरुको जे सिफारिस आउँछ, त्यो मान्नु पर्छ भनेर राष्ट्रपतिज्यूले विवशता प्रकट गरेको उनले बताए। 

‘यदि कार्यकारीले सिफारिस गरेर ज्यानमारा, अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो र? अब अर्को कुरा न्याय क्षेत्रको गति के होला?’, उनले भने, ‘१५ जना न्यायाधीश हुन जाँच दिएको रे! एक जना पास भएको, अरु फेल भएका। तिनै फेल भएकालाई न्यायाधीश नियुक्त गर्ने रे! हेर्नुस्त? यो लाजमर्नु। के भन्छ दुनियाँले? यही हो लोकतन्त्र? यही हो प्रजातन्त्र?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .