ad ad

राजनीति


वीर अस्पतालमा उपचार गर्न माननीय र सम्माननीयको ताँती लागेको छ : बस्नेत

वीर अस्पतालमा उपचार गर्न माननीय र सम्माननीयको ताँती लागेको छ : बस्नेत

नेपालखबर
असोज १८, २०८० बिहिबार १७:३८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागेको बताए। 

‘अहिले देखिएको जनशक्तीको अभावको अन्योलको स्थिति चाँडै समाधान हुनेछ। दिक्षित हुनुभएकाहरु राष्ट्रको भविष्य हो, राष्ट्रको गरिमा हो। राष्ट्रको गर्व हो, इज्जत हो। तपाईंहरूले त्यहि कुरालाई ध्यानमा राखेर आगामी दिनमा काम गर्नुहुनेछ। सरकारी अस्पतालमा वीर अस्पतालले धेरै सुधारका कामहरु अगाडी बढाएको छ। अहिले वीर अस्पतालको स्तरोन्नति भइरहेको अवस्था हो,’ मन्त्री बस्नेतले भने, ‘म विदेशमा गएर बोल्दापनि वीर अस्पतालको नाम लिन थालेको छु। मलाई खुसी लागेको छ, वीरमा आठ बजेबाट ओपीडी सेवापनि सुरु भएको छ। वीरमा भीआईपी र भीभीआईपीको उपचारपनि भइरहेको छ। १७ जना चिकित्सहरू छुट्याइएको छ। वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागिरहेको छ।’

उनले बीरमा भीआईपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए। उनले आधारभुत स्वास्थ्य सेवा गरिब, विपन्नहरूका लागि निःशुल्क बनाउन आफू लागि परेको पनि बताए। 

‘नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवा गरिब, विपन्नहरूका लागि निःशुल्क र केही हुनेखानेलाई अत्यन्त सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा समेटेको छ। म स्वास्थ्यमन्त्री भएर आएपछि हरेक अस्पतालले १० प्रतिशत गरिब र विपन्नहरुका लागि निशुल्क उपचार गर्ने बेड र उपचार सहितको पद्धती थालनी भएको छ,’ उनले भने, ‘संघीय अस्पताल र केहि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल बेड निःशुल्क भएको छ। स्वास्थ्यकर्मीहरूको दरबन्दी पुर्ति हुने प्रकृया सुरु हुन थालेको छ। १७२ जनाको दरबन्दी स्वीकृत भएको छ। डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा अत्यन्तै ठूलो जनशक्ती अभाव भइरहेको हुनाले दरबन्दी सृजना गरेर जाने लगभग सहमति भइसकेको छ।’

स्वास्थ्य मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा ठूलो जनशक्ती अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .