ad ad

राजनीति


आदिवासी जातीय युगमा पुगेका छैनौँ, जनजाति युगमै छौँ : उपमहासचिव गुरुङ (भिडिओ)

आदिवासी जातीय युगमा पुगेका छैनौँ, जनजाति युगमै छौँ : उपमहासचिव गुरुङ (भिडिओ)

नेपालखबर
असोज २३, २०८० मंगलबार १४:४८, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरू नै नेपालका आदिवासी भएको बताएका छन्।

तमु प्ये ल्हु संघ केन्द्रिय समितिको ३१ औँ वार्षिक साधरण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरू नै आदिवासी भएको बताउँदै उनले नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दु राजाले मान्ने धर्म नै हिन्दु धर्म भएको बताए। 

‘राज्यको भाषा भन्दा अलग्गै जसले आफ्नो भाषा बोल्छ, त्यो मानव समुदाय आदिवासी हो। त्यसकारणले हामी आदिवासी हौँ। राज्यले मान्ने जुन धर्म छ, राज्यको धर्म भन्दा जसको अलग धर्म हुन्छ, त्यो आदिवासी हो। नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म थियो। त्यसकारणले हिन्दु धर्म राज्यको धर्म भएकाले हाम्रो भने कसैले बौद्ध, कोही प्रकृति पूजा गरेर बसेको छ,’ उनले भने, ‘राज्यको धर्म भन्दा अलग्गै धर्म मानेर बसेका धर्म संस्कार मानेका मानव समुदाय आदिवासी हो। त्यसकारण गुरुङ आदिवासी हो। हिजो राज्यको संस्कृति के थियो? हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति हो।’

हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति भएको दाबी समेत उनले गरे। उनले राज्यको धर्म भन्दा अलग्गै धर्म संस्कार मानेका मानव समुदाय नै आदिवासी भएको बताए। आदिवासी अझै पनि जातियतामा नगएको र जनजातिमै सिमित भएकाले आदिवासीमा सामुहिकता कायम रहेको बताए।

‘नेपालको हिन्दु राजाले जे संस्कार, संस्कृति मान्छ, त्यही संस्कृति हाम्रो भन्ने थियो। तर हामी हिन्दु आर्य संस्कृति थिएनौँ। हाम्रो आफ्नै संस्कार र संस्कृति थियो। राज्यले मानेको भन्दा अलग्गै आफ्नो संस्कृतिको अभ्यास गरिरहेको समुदायबाट हामी आदिवासी हौँ,’ उनले भने, ‘हामी जंगली युगबाट अलिकति माथि पुगेपछि कोपिला युग आयो, कोपिला युगबाट अलिकतिमाथि आएपछि जनजाति युग आयो, जनजाति युगपछि जातीय युग आउँछ। हामी जातीय युगमा पुगेकै छैनौँ, कोपिला युगबाट अलिकति माथि उठेर जनजाति युगमा छाँै, त्यसैले हामीमा सामुहिकता छ।’

उपमहासचिव गुरुङले आदिवासी समुदायमा एउटा नीति र थिति हुने र सबैलाई बराबर लगाएर काम गर्ने संस्कार रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .