ad ad

राजनीति


कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : केसी

कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : केसी

नेपालखबर
असोज २६, २०८० शुक्रबार १३:९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले भारतबाट अतिक्रमित भएको कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नगराई कालापानीको गुञ्जि क्षेत्र भ्रमण गरेकोप्रति जनमोर्चाले आपत्ति जनाएको छ।

अध्यक्ष चित्रबहादुर केसीले आज (असोज २६ गते) एक विज्ञप्ति प्रकाशित गरी नेपाललाई पूर्व जानकारी नगराई वा अनुमति नलिइ मोदीले कालापानीको भ्रमण गरेको भन्दै यो नेपालप्रति भारतीय ‘साम्राज्यवाद’ को हेपाहा प्रवृत्ति भएको जनाएका छन्।

नेपाललाई कुनै जानकारी नै नगरी नेपाली भूमिमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कुटनीति, मर्यादा तथा शिष्टाचारको उल्लंघन भएको राजमोको ठहर छ।

यस्तो छ वक्तव्य
नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पूर्व जानकारी नगराई वा अनुमति नलिइ गरेको भ्रमणको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ। कालापानी क्षेत्रमा पर्ने गुञ्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको वडा नं. १ मा पर्दछन्।

कुटी, गुञ्जी, नाभी, न्यूराङ्, छोटाकैलाश सहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय खण्डताभित्र पर्ने भूभाग हुन्। नेपाललाई कुनै जानकारी नै नगरी भारतीय प्रधानमन्त्री उक्त क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कुटनीति, मर्यादा तथा शिष्टाचारको उल्लंघन हो। त्यसका साथै त्यो भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति नै हो।

भारतीय साम्राज्यवादले कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय संघमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको छ । अहिलेको उनको भ्रमण त्यसैको एउटा कडी हो। भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रुपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउँछ। त्यसैले कालापानीको विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्दछ।
धन्यवाद

२०८० असोज २६ गते
चित्रबहादुर केसी
अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .