ad ad

राजनीति


एमाले र माओवादीले मात्रै होइन, कांग्रेसलाई राप्रपाले पनि खेलाइदिन थाल्यो : गगन थापा

एमाले र माओवादीले मात्रै होइन, कांग्रेसलाई राप्रपाले पनि खेलाइदिन थाल्यो : गगन थापा

नेपालखबर
असोज २६, २०८० शुक्रबार १७:५०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टीलाई एमाले र माओवादीको मात्रै नभई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि खेलाइदिन थालेको टिप्पणी गरेका छन्। 

शुक्रबार कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनताले कांग्रेस कांग्रेसजस्तो होस् भन्ने चाहेको बताए। 

‘कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने हुँदा हुँदा कहिलेकाहीँ त राप्रपाले पनि खेलाइदिन थाल्यो,’ महामन्त्री थापाले भने।

साथै, उनले जनताले माओवादीकरण, एमालेकरण वा राप्रपाकरण नहोस् भन्दै चिन्ता व्यक्त गरे। 

‘जनताले अहिले कांग्रेस कांग्रेस जस्तो होस् भन्ने चाहेका छन्। कांग्रेसको माओवादीकरण नहोस्, त्यसलाई रोक्नुपर्छ। तर, त्यसलाई रोक्नुपर्छ भनेर फेरि प्रतिक्रियामा आएर एमालेकरण नहोस्। कांग्रेसको राप्रपाकरण पनि नहोस्,’ प्रतिनिधिसभा सांसद् समेत रहेका थापाले भने।

गठबन्धनको संस्कृतिका लागि कांग्रेसले सबैभन्दा बढी काम गर्नुपर्ने थापाको भनाइ छ। ‘यदि मिलेर सरकार बनाउने हो भने सामूहिक जवाफदेहिता खोज्नुपर्ने हुन्छ,’ उनले भने।

‘प्रधानमन्त्रीले गोरखा आउँदा सरकारले गरेको सबैराम्रो काम मैले गरेको, गर्न नसकेको अरुको कारणले गर्न पाइँन भन्ने गर्नुहुन्छ,’ थापाको गुनासो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .