ad ad

राजनीति


कोशी प्रदेश : सनाखतको समय भयो, तर प्रदेश प्रमुखको कार्यालयमा कुनै सांसद पुगेका छैनन्

कोशी प्रदेश : सनाखतको समय भयो, तर प्रदेश प्रमुखको कार्यालयमा कुनै सांसद पुगेका छैनन्

नेपालखबर
असोज २७, २०८० शनिबार ८:१५, काठमाडौँ

नयाँ मुख्यमन्त्री नियुक्तिको लागि कोशी प्रदेशमा आज सांसदहरुको सनाखत हुँदैछ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने तयारी गरेका हुन्।

खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन्।  

तर, आठ बजिसक्दा पनि अहिले कुनै सांसद आफ्नो सनाखत गराउन प्रदेश प्रमुखको कार्यालयमा पुगेका छैनन्। 

सनाखतको लागि सबै तयारी पूरा भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

‘हाम्रो तर्फबाट सनाखतको लागि सबै तयारी पूरा भएको छ, तर अहिलेसम्म दुबै तर्फका कोही पनि माननीय यहाँ आउनु भएको छैन,’ मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले नेपालखबरसँग भने। 

सनाखतको काम सकिएपछि आजै मुख्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कार्यालयको तयारी छ। 
 
प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सांसदले कतापट्टिको आफ्नो सही आधिकारिक हो भनेर खुलाउनुपर्ने छ। 

मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।

तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन्।

नयाँ मुख्यमन्त्री नियुक्तको विषयमा कांग्रेसमा दुई धार देखिएपछि कोशीको सत्ता राजनीति जटिल मोडमा पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .