कोशी प्रदेशमा मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज बिहान प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सांसदहरुको हस्ताक्षरको सनाखत हुँदा कार्कीको पक्षमा ४७ सासद् देखिएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उनलाई नेकपा (एमाले) का ३९ सहित कांग्रेसका आठ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीको लागि सनाखत गरेका हुन्।
कोशी प्रदेशमा सरकार गठनको लागि बहुमत पुग्न ४७ सीट आवश्यक पर्छ।
कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ।
तर, कोशीमा सत्तारुढ गठबन्धनबाट अलग भएर कांग्रेसका ८ सांसदले एमालेसँग मिलेर सरकार गठन गरेका छन्।
243
Shares
प्रतिक्रिया