ad ad

राजनीति


कोशीको समस्यालाई ‘सेफ ल्यान्डिङ’ गर्न सफल भयौँ : प्रधानमन्त्री (भिडिओ)

कोशीको समस्यालाई ‘सेफ ल्यान्डिङ’ गर्न सफल भयौँ : प्रधानमन्त्री (भिडिओ)

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
असोज २७, २०८० शनिबार १३:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सरकार गठनको समस्यालाई ‘सेफ ल्यान्डिङ’ गरिएको बताएका छन्। 

शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कोशीको समस्यालाई जति ठूलो रूपमा सोचिएको थियो, तर त्यसलाई सेफ ल्यान्डिङ गर्न आफूहरू सफल भएको प्रतिक्रिया दिएका हुन्। 

आजै बिहान बालुवाटारमा आफू कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भएको सहमतिले कोशीमा देखिएको खटपटलाई समाधान गरिएको दाबी गरेका हुन्। 

‘कोशीमा गठबन्धनलाई राम्रैसँग झड्का दियो होइन’ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘वास्तवमा त्यो एउटा समस्या त पक्कै पनि हो, तर पनि हामीले त्यल्लाई एउटा सेटलमेन्टमा लगिएको छ र, मलाई लाग्छ यसले अन्ततः गठबन्धनलाई बलियो हुनेतिर नै अघि बढाउँछ।’ 

‘एमालेको समर्थनमा कांग्रेसको एउटा पक्षले मुख्यमन्त्री बनाइसकेको छ गठबन्धनलाई नै ठूलो चुनौती दिँदै, अनि तपाईं गठबन्धनलाई नै फाइदा हुन्छ भन्नुहुन्छ?’

उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्काे समाचार पनि तपाईंले थाहा पाइसक्नुभयो होला, आज बिहान मात्रै कांग्रेस सभापति शेरबहादुरजी, म आफैँ र शेखर कोइरालाको बीचमा एउटा समझदारी बनाएका छौँ। हामी गठबन्धनलाई अझ बलियो बनाउने कुरामा दृढ र स्पष्ट छौँ। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ। अहिले त्यहाँ (कोशी) मा कार्कीजी (केदार कार्की) मुख्यमन्त्री बन्नुभएको छ, उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुहुन्छ। त्यसकारण त्यो समस्या जसरी सोच्याथियो, मिडियामा जसरी चर्चा परिचर्चा भएको थियो, ल्यान्डिङ हुँदाखेरि त्यसलाई सेफ ल्यान्डिङ  गरियो।’ 

यस क्रममा उनले मुख्यमन्त्री कार्कीलाई गठबन्धनकै उम्मेदवार मानेर विश्वासको मत दिने पनि बताए। 

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .