ad ad

राजनीति


रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने

रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने

नेपालखबर
असोज २८, २०८० आइतबार २२:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ। 

यही असोज २९ र ३० गते हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ।

सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो। दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहनेछ।

डा नीति अर्याल, डा सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रुपमा आमन्त्रण गरिएको छ। 

पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ। डा सङ्गीता सिंह, डा अरविन्दकुमार मिश्र, डा वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले विषय विज्ञका रुपमा धारणा राख्नुहुने रास्वपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .