ad ad

राजनीति


गैरआवासीय नेपाली नागरिकता वितरण राष्ट्रघाती कार्य : प्रभु साह

गैरआवासीय नेपाली नागरिकता वितरण राष्ट्रघाती कार्य : प्रभु साह

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०८० मंगलबार १३:४६, काठमाडौँ

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपाली नागरिकता वितरण राष्ट्रघाती कार्य भएको दाबी गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष र उपाध्यलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेलगत्तै प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष साहले सो टिप्पणी गरेका हुन्।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो। 

‘दुनियाँमा कहीँ नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने पक्का छ’, साहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हाला मच्चाएर आज ठूलो राष्ट्रघाती कार्य हुँदै छ।’ 

गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरूको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरी विदेश लैजान बाटो खुल्ने दाबी उनले गरेका छन्। 

‘खर्बाैँको चल सम्पत्ति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनीहरूले अब आफ्नो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन्’, साहको भनाइ छ, ‘नेपालमा लुटेर राखेका सम्पत्तिसमेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन।’ गैरआवासीय नेपाली नागरिकता वितरणविरुद्ध आम जनता पार्टी आन्दोलनमा उत्रने चेतावनी पनि अध्यक्ष साहले दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .