जनता समाजवादी पार्टी (जसपा) नेपालले सैद्धान्तिक रुपले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएको र कम्युनिष्ट पार्टी हुन नसक्ने बताएको छ। वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन नसक्ने समेत पार्टीले प्रष्ट पारेको छ।
यादवले भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिवी, अशिक्षा, वेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन सकिदैन।’
यसबाट भ्रमित र दुविधामा नरहन समेत यादवले आम समाजवादीहरुलाई अपिल गरेका छन्।
वर्तमान अवस्थामा जसपा, नेपाल सम्मिलित समाजवादी मोर्चालाई कतिपयले साम्यवादी मोर्चाको रुपमा बुझ्ने, बुझाउने गरेको र त्यसले पार्टीपंक्तिमा केही भ्रम सिर्जना गरेको सन्दर्भमा पार्टीको उक्त धारणा सार्वजनिक भएको पार्टीका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
6
Shares
प्रतिक्रिया