ad ad

राजनीति


देशलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ : उपमहासचिव शर्मा

देशलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ : उपमहासचिव शर्मा

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:२७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्।

बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्। 

उनले पार्टीहरूका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतीको सरकार बनाउनुपर्ने बताए। सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको उनले बताए। 

‘पार्टीहरूको बीचमा प्रतिस्पर्धाको चुनाव हुन्छ। पूर्ण समानुपातिक भयो भने झन राम्रो भयो। त्यो चुनावबाट आइसकेपछि आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ। राष्ट्रिय सहमति गरेर जानुपर्छ। यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने? भन्ने प्रश्न। दुई वर्ष एउटालाई भाग। एक वर्ष एउटालाई भाग, दुई वर्ष अर्कालाई भाग,’ शर्माले भने, ‘भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने। प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने। एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गालि गर्ने कुरा भएको छ। यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने। राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने। सबै पार्टीहरूलाई समेटेर सरकारमा रहेका मन्त्रीहरूको बीचमा प्रतिस्पर्धा। भ्रष्टाचारका बिरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा। रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने प्रतिस्पर्धा। उत्पादन वृद्धिमा को अगाडी बढ्ने भन्ने प्रतिस्पर्धा।’

दलहरूका बिचमा आपसी गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताए। सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाई छ।

‘गुणस्तरीय काम कसले गर्ने, जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर १० वर्षलाई हामी यसरी जानसक्यौँ भने हाम्रो देश समृद्ध हुन्छ। सहमती नगरी हुँदैन। सहमति गरेर मात्रै ठूलो ठूलो परियोजना बनाउन सक्छौँ। त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौँ र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौँ,’ उनले भने।

उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने पनि बताए।

‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ। कसैसँग मिल्दैनौँ। यो प्रतिवद्धता हो। संकल्प हो। यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।

उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .