राप्रपा नेपालका अध्यक्ष कमल थापाले कास्कीका कृष्ण कार्कीलाई महामन्त्रीको जिम्मेवारी दिएका छन्।
नेपाली कांग्रेस परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका कार्कीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे।
पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए।
उनी कांग्रेसको बाह्रौं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचन समेत लडेका थिए। अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
54
Shares
प्रतिक्रिया